भारतीय उडानका लागि आफ्नाे हवाई क्षेत्र ३० मेसम्म बन्द राख्ने पाकिस्तानकाे निर्णय

पाकिस्तानले भारतीय उडानका लागि आफ्नाे हवाई क्षेत्रमा लगाएकाे प्रतिबन्ध ३० मेसम्म नहटाउने निर्णय गरेकाे छ । पाकिस्तानका अनुसार उनीहरु भारतीय लाेकसभा चुनावकाे नतिजा कुरिरहेका छन्, चुनावकाे नतिजापछि मात्रै हवाई मार्ग खाेल्ने वा नखाेल्ने भन्ने विषयमा विचार गर्ने पाकिस्तानले बताएकाे छ ।  

एक वरिष्ठ पाकिस्तानी सरकारी अधिकारीका अनुसार रक्षा र विमान मन्त्रालयका शीर्ष अधिकारले बुधबार भारतीय उडानका लागि आफ्नाे हवाई क्षेत्र खाेल्न पुनर्विचार गर्न बैठक आयाेजना गरेका थिए । जसले मे ३० सम्म भारतीय उडानका लागि पाकिस्तान हवाई मार्ग बन्द रहने निर्णय गरेकाे हाे । 

 26 फेब्रुअरीमा बालाकोटमा भारतीय वायुसेनाले आक्रमण गरेपछि पाकिस्तानले आफ्नाे हवाई क्षेत्र पूर्ण रुपमा बन्द गरेकाे थियाे । यसपछि पाकिस्तानले २७ मार्चमा नयाँ दिल्ली,बैकंक र क्वालालम्पुरलाई छाेडेर अरु सबै उडानका लागि हवाई मार्ग खाेलेकाे थियाे । 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १०:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया