चुनावी सभामा कमल हसनमाथि चप्पल प्रहार

दिल्ली– तमिलनाडुकाे मदुरेमा बुधबार भएकाे एक चुनावी सभाकाे क्रममा मक्कल निधि मय्यम (एमएनएम) पार्टीका संस्थापक एवं अभिनेता कमल हसनमाथि चप्पल प्रहार भएकाे छ । तर उनलाई चप्पलले लागेन् । 

प्रहरीले चप्पल प्रहार गरेकाे आराेपमा एक व्यक्तिलाई हिरासतमा लिएकाे छ ।

१२ मेमा हसनले अरावकुरिचीमा दिएकाे बयानमा स्वतन्त्र भारतकाे पहिलाे आतंककारी हिन्दु थियाे भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले नाथुराम गाेडसे भारतकाे पहिलाे आतंककारी भएकाे र उनले नै भारतमा आतंकवादकाे सुरुवात गरेकाे बताएका थिए । 

हसनकाे यस्ताे अभिव्यक्तिपछि हिन्दुवादी संघसंगठनले उनीविरुद्ध प्रदर्शन गरिरहेका छन् । 

हसनले आफूले ऐतिहासिक सत्य बताएकाे र विवाद खडा गर्ने आफ्नाे उद्देश्य नभएकाे प्रतिक्रिया दिएका छन् । 

हसनविरुद्ध अदालतमा एफआईआर दर्ता भएकाे छ । उनी अन्तरिम जमानतकाे लागि बुधबार मद्रास हाइकाेर्ट पुगेका थिए । यता हसनकाे भनाइलाई लिएर भारतीय जनता पार्टी र अन्य एआईएडीएमकेले निर्वाचन आयाेगसँग एमएनएममाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १२:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया