आथिर्क वर्ष २०७६/७७ को बजेटमा सांसद् भीमसेनदास प्रधानका माग

काठमाडौँमा पानीको अभाव छ । अहिले सुख्खा लागेर गाउँघरमा पनि पानी छैन । काठमाडौँमा मेलम्चीको पानी आउँछ र पानीको अभाव हट्छ भन्ने जुन थियो आशा थियो त्यो पूरा भएको छैन । मेलम्चीको पान आउन अझै २/४ वर्ष लाग्ने देखियो ।

मैले यसपटक मुख्य प्राथमिकता खानेपानीलाई राखेको छु । खानेपानीको सुविधा हुनुपर्छ । पहिलो खानेपानी, दोस्रो प्राथामिकतामा सडक छ । काठमाडौँ क्षेत्र नम्बर ६ का बाहिरी– भित्री सडकहरू बनाउन बजेट माग गरेको छु ।

ढलको समस्या पनि छ । यसको समाधानका लागि पनि बजेट माग गरेको छु ।  गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य चौकी बनाउने भनेर बजेट माग गरेका थियौं । त्यसलाई यो कम्युनिस्ट सरकारले काटिदिएछ ।

क्षेत्र नम्बर ६ मा सुविधायुक्त स्वास्थ्यचौकी बनाउनुपर्छ भनेर बजेट माग गरेको छु । भूकम्पले प्रभावित भएको विद्यालयहरू पनि अलपत्र अवस्थामा छन् ।

निर्माण कार्य सकिएको छैन । बजेटको अभाव छ । यसको लागि पनि बजेट माग गरेको छु ।

त्यसैगरी सम्पदा पुननिर्माण र संरक्षणको लागि पनि बजेट माग गरेको छु । 
 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १२:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया