पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुईजना पक्राउ

बुटवल– बुटवल प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुइ युवकलाई नियन्त्रणमा लिएको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रीतम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा परानो राष्ट्रिय गान  ‘श्रीमान् गम्भीर नेपाली’बजाएको आरोपमा पक्राउ परेका हुन् । 

गत २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित एक भेलामा उनीहरूले  ‘श्रीमान् गम्भीर नेपाली‘ बजाइएका थिए । प्रहरीले उनीहरूलाई २९ वैशाखमा पक्राउ गरेर ‘अभद्र व्यवहार’को मुद्दा चलाइएको बुटवल प्रहरीले जनाएको छ । 

प्रहरी हिरासतमा रहेका प्रीतमले हिरासतमै अनसन सुरु गरेका छन् । उनको जीवन रक्षा दुवैजनाको २४ घन्टाभित्र रिहाइ गर्न माग गर्दै उनीहरूका परिवारजन र शाही युवा शक्ति नेपालले आन्दोलनको चेतावनी दिएका छन् । 

उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुवैलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १४:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया