नेप्से परिसूचक सामान्य अ‌ंकले घट्याे

काठमाडौं– सेयर बजारमा बिहीबार कारोवार मापक नेप्से परिसूचक सामान्य अ‌ंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अ‌ंकले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अ‌ंकले घटेर २८१.४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता सेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार भएका कुल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । 

नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो । यस्तै बैंकिङ ८.२४, होटल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बीमा १२.४० अंकले घटेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवम्को सेयर प्रतिकित्ता रु ५७२ मा रु १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोवार भयो । 

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१९ मा रु छ करोड ८१ लाख २१ हजार ३००, एनसिसी बैंकको प्रतिकित्ता रु २६० मा रु पाँच करोड २१ हजार ३९९ मा कारोवार भयो । कृषि विकास बैंकको रु चार करोड ८१ लाख २० हजार ९३३, एशिएन लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६८ लाख ८९ हजार ६००, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५७ लाख २९ हजार २२८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । 

नेप्सेका अनुसार शिवम् सिमेन्टका सेयरधनीले आज पनि दश प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६६, कर्णाली डेभलपमेन्ट बैंक ९.१८, आइएमई जनरल इन्स्योरेन्स ७.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरधनी ६.३५ र महालक्ष्मी विकास बैंकका सेयरधनीले ५.२१ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, कृषि विकास बैंक ३.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३.८०, प्रोग्रेसिभ फाइनान्स ३.७७, ग्लोबल आइएमइ समुन्नति स्किम ३.७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३.७४ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १६:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया