आफ्नै आमाले गरिन् २ महिने छाेरीकाे हत्या

गुल्मी–  दरबार गाउँपालिका ४ की ३६ बर्षीया जमुना बिकले आफ्नै दुई महिनाकी छोरीको हत्या गरेकी छन् । उनले दुई महिनाकी छाेरी बिस्नु बिककाे बिहिबार साँझ ७ बजेतिर हत्या गरेकाे प्रहरीले जनाएकाे छ । 

बिकले छाेरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी हुन् । उनले छाेरीकाे हत्या गर्न यसअघि पनि पटक–पटक प्रयास गर्दै आएकी थिइन् । 

बिकलाई गिरफ्तार गरी हिरासतमा राखी घटनाको बारेमा थप अनुसन्धान भइरहेको राखिएको प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए ।

बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार ९:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया