कंगनाले १० दिनमा घटाइन् पाँच किलो तौल, भारतीय मिडियामा बढ्यो चर्चा

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौट विभिन्न समयमा विभिन्न अभिव्यक्ति दिएर चर्चामा आइरहन्छिन् । अहिले उनी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी छिन् । र, यही समयमा उनले आफ्नो तौल घटाएको विषय भारतीय मिडियामा निकै छाएको छ । बुधबार राती मुम्बईको विमानस्थलमा देखिएकी कंगना १० दिनमा पाँच किलो तौल घटाएको चर्चा चलेको हो । 

कंगनाका फिटनेस गुरु योगेश भटेजाले यसको पुष्टि पनि गरेका छनज् । उनले फिल्म ‘पंगा’का लागि तौल घटाउनु परेको बताएका छन् । यसका लागि कंगनाले दैनिक दुई पटक जिममा वर्कआउट गरेको योगेशले बताएका छन् । तौल घटाउनका लागि खानामा पनि उच्च क्यालोरीलाई उनले प्राथमिकता दिएकी थिइन् । अश्विनी अय्यर तिवारीले निर्देशन गर्ने फिल्म पंगामा कंगना कबड्डी खेलाडीको भूमिकामा देखिँदै छिन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १०:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया