नेकपाका २२ जनवर्गीय संगठनको एकता घोषणा

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता प्रक्रियालाई टुंग्याउनेक्रममा २२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको छ । बिहीबार बेलुकी बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा मिलाएको थियो । शुक्रबार (आज) मदनगर बल्खुमा पार्टीले आयोजना गरेको २३ औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एकवर्ष कार्यक्रममा नामावाली घोषणा गरेको हो ।  

सदस्य संख्या, संयोजक र सहसंयोजकहरूमा नेपाल मुस्लिम संगठन, २५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन, प्रेस संगठन नेपाल, १५१ संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, अपाङगता संगठन नेपाल, ६९ संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना, खेलकुद महासंघ, नेपाल संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला, नेपाल दलित मुक्ति संगठन २५१ संयोजक तिलक परियार, सहसंयोजक वोम ब. विश्वकर्मा,जनसांस्कृतिक महासंघ नेपाल २५१ संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल, नेपाल उदोग व्यवसायी महासंघ, १५१ संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक, नेपाल बुद्धिविजबी संगठन, १६१ संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी,  मानवअधिकार तथा समाजिक अभियान ४५, संयोजक मिनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल छन् । 

त्यस्तैगरी पेशागत महासंघमा, १११ संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल, भुमिहीन सुकुम्वासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा , अनेरास्ववियु २५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवासंघ २५१ संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल, आदिवासी जनजाती महासंघ, २५१ संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ, भुतपुर्व सैनिक तथा प्रहरी संगटन २५१ संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा, टे«ड युनयिन महासंघ २५१ संयोजक विनोद श्रेष्ट, जगत सिंखडा, अखिल नेपाल महिला संघ २५१ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल, अखिल नेपाल किसान महासंघ २५१ संयोजक बामवेद गौतम, सहसंयोजक चित्र बहादुर श्रेष्ठ र प्रवासी नेपाली एकता मञ्च भारत १९९ संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी छन् ।  

 






  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार ११:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया