सगरमाथा र मकालुकाे आराेहण सकेर फर्किँदै गर्दा दुई भारतीय सैनिककाे बाटाेमै मृत्यु

काठमाडौँ – सगरमाथा र मकालु हिमाल आराेहण गरेर फर्कँदै गरेका दुई भारतीयकाे मृत्यु भएकाे छ । एकजना बेपत्ता छन् ।

बिहीबार दिउँसो आरोहण सकेर राती १० बजे  चौथो शिविरमा फर्किएका भारतीय सैनिक रवी ठाकुर त्यहाँ सुतेको सुत्यै भएकाे सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले जानकारी दिए । अक्सिजन अभावले उनकाे मृत्यु भएकाे बताइएकाे छ । 

यस्तै सेभेन समिटकै व्यवस्थापनमा संखुवासभाकाे ८४८१ मिटर उचाईको मकालु हिमाल आराेहण गरेर फर्किएका अर्का भारतीय सैनिक नारायण सिंहकाे पनि मृत्यु भएकाे छ ।

मकालु आरोहणबाटै फर्किँएका कलकत्ता घर भएका दिपंकर घोष वेपत्ता भएका छन् । बिहीबार साँझ आरोहणपछि फर्कनेक्रममा उनी हराएका हुन् । शेर्पाहरुले दिपंकरलाई खाेजे पनि कतै नभेटेकाे अध्यक्ष शेर्पाले बताए । 

 हिमाल आराेहण खुला भएपछि याे सिजनमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ र दुई विदेशी नागरिक बेपत्ता भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १२:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया