काठमाडौँ- सरकारले प्रतिनिधिसभामा दर्ता गरेको 'मिडिया काउन्सिल विधेयक-२०७५' विरुद्ध शुक्रबार पत्रकारहरूले संसद भवन अगाडि प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आव्हानमा काठमाडौँका विभिन्न मिडियामा कार्यरत पत्रकाहरूले उक्त विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
पत्रकारहरूले मुखमा कालो पट्टी बाँधेर, क्यामेरा, कलम, डायरी, रेकर्डर भुँईमा राखेर विरोध जनाए । उनीहरूले 'पत्रकारिता अपराध होइन, नागरिक स्वतन्त्रता कायम गर' भन्ने नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरे ।
उक्त प्रदर्शनमा राष्ट्रिय मानव अधिकार आयोगले पनि समर्थन जनाएको थियो । त्यसैगरी विवेकशील नेपालीका अध्यक्ष उज्वल थापा, नागरिक अगुवा सुन्दरमणि दीक्षित लगायतले पनि ऐक्यबद्धता जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।