काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापविरुद्ध खबरदारी गर्ने भन्दै केन्द्रमा छाया सरकार गठन गर्ने अवधारण अघि सारेको छ ।
केन्द्रको सोही अवधारणलाई पच्छ्याउँदै नेपाली कांग्रेस धादिङले पनि जिल्लाभरका १०४ वटै वडामा छाया सरकार गठन गर्ने भएको छ ।
कांग्रेसको देशव्यापी जागरण अभियानअन्तर्गत धादिङमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलको समन्वयमा शुक्रबारबाट जिल्लाका १०४ वटै वडामा छाया सरकार गठन प्रक्रिया प्रारम्भ भएको हो ।
पौडेल जागरण अभियानअन्तर्गत धादिङ जिल्ला प्रतिनिधि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।