काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकप्रति चरम असन्तुष्टि जनाएका छन् । उनले सरकारले ल्याएको विधेयकप्रति गीतमार्फत विरोध जनाएका हुन् ।
सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गत १५ माघमा राष्ट्रिय सभामा दर्ता गराएको थियो ।
अभिव्यक्ति स्वतन्त्रता माथि अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बालेनले पनि असन्तुष्टि पोखेका हुन् ।
‘मलाई बोल्न दे सरकार’ भन्दै उनले गीत गाएका हुन् । हेर्नुहोस् भिडियो :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।