प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशहरूमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ ।
ट्रम्पले ह्वाइट हाउसमा वार्ताका लागि आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका थिए ।
२० लाखभन्दा बढी प्यालेस्टिनीलाई कसरी बाहिर निकाल्ने वा गाजालाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा विवरण नभएको प्रस्तावमा, ट्रम्पले नफुटेका बम र भग्नावशेष हटाएर र आर्थिक पुनर्विकास गरेर युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई ‘अविश्वसनीय’ बनाउने बताएका थिए ।
‘अमेरिकाले गाजा पट्टी नियन्त्रणमा लिनेछ र हामी यससँग काम पनि गर्नेछौँ, हामी यसको स्वामित्व लिनेछौँ,’ ट्रम्पले भनेका थिए ।
उनले इजिप्ट र जोर्डन दुवै सरकारले यो विचारलाई स्पष्ट रूपमा अस्वीकार गरे पनि मध्यपूर्वमा ‘सर्वोच्च नेतृत्व’ बाट समर्थन भएको र ती दुई मुलुकलाई गाजावासीहरूलाई लिन दबाब बढाएको बताए ।
सन् २००७ मा गाजाको एकल नियन्त्रण कब्जा गर्ने हमासले प्रस्तावलाई अस्वीकार गर्दै यसलाई ‘जातीय’ विचार भनेको छ ।
‘अमेरिकी जातीय दृष्टिकोण हाम्रा मानिसहरूलाई विस्थापित गर्ने र हाम्रो मुद्दालाई समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ,’ हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउले एक वक्तव्यमा भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।