२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

ट्रम्पको निर्णयविरुद्ध प्रदर्शन, युएसएआइडीका कर्मचारी सडकमा उत्रिए [तस्बिरहरू]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)का कर्मचारीहरूले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । 


आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाएका छन् । अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गरिएको निर्णय फिर्ता गर्न माग गरेका छन् ।



प्रदर्शनकारीले टेस्लाका सिइओ एलोन मस्कको प्रभाव र सक्रियताप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मस्कको नियुक्ति गैरकानुनी भएको पनि बताएका छन् । मस्कले युएसएआइडी बन्द गर्नुपर्ने सुझाव दिएका थिए ।



ट्रम्पले युएसएआइडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरवलोकन गर्ने आदेश गरेपछि विश्वभरका कर्मचारीहरूलाई फिर्ता गर्न निर्देशन समेत दिइसकेको छ । 

युएसएआइडी सन् १९६१ मा राष्ट्रपति जोन एफकेनेडीको प्रशासनमा स्थापित भएको थियो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिक रुपमा अर्बौं डलर वितरण गदै आएको छ ।

युएसएआइडीका हजारौँ कर्मचारीलाई शुक्रबार मध्यरातिदेखि छुट्टीमा राखिनेबारे सूचना जारी भइसकेको छ ।

 



 

  • प्रकाशित मिति : २४ माघ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया