१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

अन्तर्राष्ट्रिय फौजदारी न्यायालयलाई ट्रम्पले लगाए प्रतिबन्ध
फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि विभिन्न प्रतिबन्ध लागू गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।


उनले उक्त निकायमाथि अवैध र आधारहीन कदमका भरमा अमेरिका र निकट साझेदार इजरायललाई निशानामा पारेको भन्ने आरोप पनि लगाएका छन् । 



सो कार्यकारी आदेशअनुसार अमेरिकाको नागरिक वा उसका साझेदारहरूविरुद्धका आईसीसी अनुसन्धानमा संलग्न व्यक्ति र तिनका परिवारलाई आर्थिक तथा भिसा प्रतिबन्ध लागू हुनेछन् । 

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू वासिङ्टन भ्रमणमा रहँदा ट्रम्पले ती कदममा हस्ताक्षर गरेका हुन् । गत नोभेम्बरमा आईसीसीले गाजामा भएको भनिएका युद्ध अपराधका लागि नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।



उक्त आरोप इजरायलले अस्वीकार गर्दै आएको छ । आईसीसीले हमासका एक कमाण्डरविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको थियो । –बीबीसी



  • प्रकाशित मिति : २५ माघ, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया