रुकुममा २८ वर्षदेखि फरार अभियुक्त पक्राउ

रुकुम– रुकुममा २८ वर्षअघि फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतले २०४८ वैैशाखमा उनलाई नौ वर्ष ७ महिना ७ दिन कैद सजाय सुनाएकाे थियाे । तर उनी फरार थिए । ६० वर्षीय फरार मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो । 

जिल्लाको सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई जिल्लाको आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बस्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । कामीलाई अहिले हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय अदालतको फैसला कार्यान्वयनमा लागेको बताएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार २२:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया