यसरी भेटेका थिए कपिल शर्माले जीवनसाथी

एजेन्सी– ‘कमेडी नाइट विथ कपिल’ र ‘द कपिल शर्मा सो’का सञ्चालक कपिल शर्मा केहीअघि विवाह बन्धनमा बाँधिए । लामो समयसम्म पर्दाबाट गायव भएका शर्मा गिन्नी चतरथ नामकी युवतीसँगको विवाहपछि फेरि चर्चामा छन् । अहिले उनी कमेडी सोका साथ सानो पर्दामा आइरहेका छन् ।

आजभाेलि त कपिलले बारम्बार आफ्नी श्रीमतीसँगकाे फाेटाे सेयर गरिररहेका हुन्छन् । अनि उनकी श्रीमतीले पनि कपिलसँगका फाेटाे सेयर गरिरहेकी हुन्छिन् । गिन्नी चतरथको वास्तविक नाम भवनीत चतरथ हो । उनलाई मायाले सबैले गिन्नी भनेर बोलाउँछन् । 

जलन्धरको शिख परिवारमा जन्मिएकी गिन्नी र कपिल शर्माको भेट पहिलोचोटि सन् २००५ मा मुम्बईमा भएको थियो । त्यतिवेला कपिल २४ र गिन्नी १९ वर्षका थिए ।

कपिल शर्मा त्यस समय थिएटरमा सो निर्देशकको काम गर्थे । अडिसनकै दौरान कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट उनी प्रभावित भए र उनलाई नाटकको हिस्सा बनाए । त्यस समयमा गिन्नी कपिलका लागि घरबाट खाना लिएर आउने गर्थिन् । 

सुरुमा अभिनेत्री बन्ने सपना देखेकी गिन्नीले सन् २००९ मा स्टार वानको स्ट्यान्ड–अप कमेडीमा भाग लिएकी थिइन्, जसमा कपिल शर्मा पनि थिए । सोपछि गिन्नीलाई पञ्जाब टेलिभिजनबाट अफर पनि आयो । 

तर, उनले अभिनयबाट टाढा रहने बताइन् । फाइनान्समा एमबिए गरेकी उनले आफ्नो बाबाको व्यावसायमा सघाउने निर्णय गरिसकेकी थिइन् । 



कपिल शर्मा पहिलोचोटि गिन्नीको हात माग्न जाँदा गिन्नीका बाबाले अस्वीकार गरेका थिए । पछि फेरि २०१६ डिसेम्बरमा कपिलले फोन गरेर गिन्नीसँग विवाह गर्ने इच्छा व्यक्त गरे । यसपालि भने कपिलको प्रस्तावलाई गिन्नीका बाबाले स्विकारे । 

१७ मार्च २०१७ मा कपिलले आफ्नो फ्यानसँग गिन्नी आफ्नी श्रीमती भनेर इन्स्टाग्राबाट जानकारी दिएका थिए । 



कपिल शर्मा र गिन्नी चतरथ हनिमुन नजाने भएका छन् । खासमा कपिल आफ्नो आउँदै गरेको नयाँ सोको तयारीमा व्यस्त भएकाले हनिमुन योजना नबनाएका हुन् । उनी छिट्टै नै नयाँ सो लिएर आउँदै छन् । 


 

  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार २३:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया