चीनले विकास गरेको ६ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ ।
सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो ।
आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १ सय किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहजरूपमा हिँड्न सक्छ ।
रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ ।
यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् । –सीसीटीभीप्लस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।