मोदीको अनुमान– भाजपाले ३ सय सिट जित्छ

एजेन्सी– भारतमा जारी लोकसभा निर्वाचनको आखिरी चरण बाँकी छ । अन्तिम चरणको चुनाव प्रचार कार्यक्रम सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी प्रेसका सामु उपस्थित भएका छन् । उनले प्रेस सम्मेलनमा पत्रकारहरुको कुनै पनि प्रश्न नलिएको भन्दै आलोचना त भएको छ तर त्यसमा उनले देखाएको विश्वासबारे पनि भारतमा चर्चा चलेको छ । 

मोदीले यसपटक पनि पूर्ण बहुमत भारतीय जनता पार्टी (भाजपा)लाई मिल्ने बताएका छन् । उनले भनेका छन्, ‘लामो समयपछि भारतमा लगातार दोस्रो पटक चुनाव जितेर भाजपाले सरकार बनाउँदै छ । हामीले ३ सय सिट जित्ने अनुमान गरेका छौँ ।’

यो पत्रकार सम्मेलनमा उनीसँगै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि उपस्थित थिए । पछिल्ला पाँच वर्षमा मोदीले गरेको पहिलो पत्रकार सम्मेलन नै यही थियो । 

सम्मेलनमा मोदीलाई पनि प्रश्न सोधिएको थियो । तर, पत्रकारहरुले सोधेका प्रश्नका उत्तर मोदीले दिएनन्, भाजपाका अध्यक्ष अमित शाहले दिए ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १०:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया