कुनै पनि हालतमा मिडिया काउन्सिलसम्बन्धी विधेयक पास गर्न दिइन्न : देउवा

विराटनगर– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक कुनै पनि हालतमा सदनबाट पास गर्न नदिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले ल्याएको सो विधेयक पास गर्न नदिने बताएका हुन् । 

सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको बताउँदै देउवाले नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको स्मरण गराए । देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा लेख्न त पाइन्छ नि, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकारले जे पायो त्यही त लेख्न आफैँ पनि चाहँदैनन् नि !’ त्यसरी जे पायो त्यही लेखेमा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैँ सकिने उनले उल्लेख गरे ।

वर्तमान सरकारले मुलुक र जनताको लागि सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने,  ‘सरकार गठन भएको डेढ वर्षको समयमा यो सरकारले सिन्कोसमेत भाँच्न सकेको छैन ।’ सरकार मुलुक र जनताको पक्षमा काम गर्ने पक्षमा नरहेको उनको आरोप छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १३:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया