३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

एलन मस्क भन्छन्- ‘लागत कटौती बिना अमेरिका टाट पल्टिन सक्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका अर्बपति प्रविधिविद् एलन मस्कले बजेट कटौती बिना अमेरिका ‘टाट पल्टिने’ बन्ने बताएका छन् । 

मस्कले नवनिर्मित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ अन्तर्गतको प्रयासको नेतृत्व गरिरहेको बताएका छन् । उनले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै भनेका छन्, ‘बजेट कटौती बिना अमेरिका दिवालिया बन्नेछ।’ राष्ट्रपति ट्रम्पले हालैका हप्ताहरूमा सङ्घीय खर्च घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।



मस्कले गत आर्थिक वर्षमा १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको देशको घाटा बजेटलाई औँल्याउँदै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेका छन् । ‘सङ्घीय खर्च घटाउन वासिङ्टनका लागि यो ऐच्छिक होइन आवश्यक कार्य हो,’ उनले राष्ट्रपति ट्रम्पसँगको भेटपछि पत्रकारसँग भने ।  





  • प्रकाशित मिति : ३० माघ, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया