गत वर्षको क्रान्तिपछि बंगलादेशमा यातना र बन्दुकको गोली लागेर कम्तीमा एक दर्जन मानिसको हिरासतमा मृत्यु भएको एक अधिकार समूहले बुधबार बताएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्ता सम्हालेको अन्तरिम सरकारसँग दक्षिण एसियाली यस मुलुकको सबैभन्दा ठूलो मानवअधिकार सङ्गठनहरू मध्येको एक ओधिकारले न्यायको माग गरेको छ ।
‘अन्तरिम सरकारले यी अपराधहरूलाई दण्डहीन हुन दिनुहुँदैन,’ ओधिकारका निर्देशक एएसएम नसिरुद्दिन एलानले भने, ‘न्यायेतर हत्यामा संलग्न व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनैपर्छ ।’
हसिनाको १५ वर्षे स्वेच्छाचारी शासनकालमा सुरक्षा बलहरूले उनको शक्ति बढाउन व्यापक हत्या गरेका ओधिकारले प्रतिवेदनमा विस्तृत रूपमा बताएको छ । ओधिकारले हसिना भागेपछि पनि ती एजेन्सीहरूले मानवअधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएको छ ।
हसिना अगस्ट ५ मा छिमेकी भारतमा निर्वासनमा भागेको र त्यसयता मानवता विरुद्धको अपराधको मुद्दा सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गर्दै आएकी छन् । हसिनाविरुद्धको विद्रोहमा संयुक्त राष्ट्रसङ्घका अनुसार एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।