ओली र प्रचण्ड भतुवा पुँजीवादी, भतुवा कम्युनिस्ट : माेहन वैद्य

काठमाडौं– नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य (किरण)ले सत्तारुढ दल नेकपाका दुई अध्यक्षलाई भतुवाको संज्ञा दिएका छन् । सोही पार्टीका नेता सिपी गजुलेरद्वारा लिखित ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरू’को विमोचन समारोहमा बोल्दै उनले यस्तो संज्ञा दिएका हुन् । 

वर्तमान सरकारलाई दुईतिहाइको दम्भ नदेखाउन चेतावनी दिँदै वैद्यले भने, ‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् ,भतुवा कम्युनिस्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् ।’ 

संसद्को प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्टको सरकारले केही गर्ने नसकेको भनेको उल्लेख गर्दै उनले भने, ‘उनीहरू कम्युनिस्ट नै होइनन्, भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरूको बनाएको खाने काम गर्छ, ओली र प्रचण्ड पनि त्यस्तै हुन् ।’ 

उनले अवसरवाद र संशोधनवादमा फसेका कम्युनिस्टले देशलाई बर्बाद बनाएको भन्दै सच्चा कम्युनिस्टहरू देशको वैकल्पिक शक्ति भएकाले ढिलै भए पनि देशमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दाबी गरे । 





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १४:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया