भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली समयानुसार बिहीबार बिहान अमेरिका पुगेका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ।
भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्।
मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो चिसो मौसममा न्यानो स्वागत! वासिङ्टन डिसीमा यो चिसोको बावजुद भारतीय समुदायले मलाई विशेष स्वागत गरे। म उनीहरूप्रति आभारी छु।’
अमेरिका भ्रमणका क्रममा मोदीले ट्रम्पसँग भेटघाट, द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रिभोज गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।