२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

इजरायलले भन्यो- गाजामा युद्धविरामबारे देखिएको समस्या समाधान भएको छैन

इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) बीचको सङ्कट सुल्झिएको भन्ने सञ्चारमाध्यममा आएका समाचारको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले खण्डन गरेको छ । 

अरब र इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार  १९ जनवरीमा युद्धविराम लागू भएयताको सबैभन्दा गम्भीर सङ्कटको सामना गर्नु परेको अवस्थालाई युद्धविरामलाई कायम राख्न मध्यस्थकर्ताले इजरायल र हमासबीच समझदारीका लागि सहज वातावरण बनाएका भए पनि वार्ताले सार्थकता पाउन सकेको थिएन ।



इजरायलले पटक–पटक सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले थप तीनजना बन्धकको रिहाईमा ढिलाइ गर्ने घोषणा गरेको थियो भने इजरायलले गाजामा पुनः आक्रमण गर्ने चेतावनी दिएको थियो ।

नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सङ्कट समाधान भएको भन्ने उक्त समाचारलाई ‘भ्रामक समाचार’ भन्दै खण्डन गरेको छ ।



यसअघि बिहीबार हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले सम्झौताप्रति समूहको प्रतिबद्धता दोहोर्‍याउँदै युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेको र त्यसलाई पूर्ण रुपमा पालना गर्न बाध्य पार्न चाहेको बताएका छन् ।  

सामाजिक सञ्जालमासार्वजनिक भएको भिडियो फुटेजमा दर्जनौं ट्रेलर र इञ्जिनियरिङ गाडीहरू इजिप्टको राफा क्रसिङको छेउमा लामबद्ध भएर प्यालेस्टिनी क्षेत्रमा प्रवेशको पर्खाइमा रहेको देखिएको छ । हमासले इजरायलसँग युद्धविराम सम्झौताको एक भागको रूपमा यसलाई पालना गर्न माग गरेको छ ।

प्रारम्भिक चरणमा छ हप्तासम्म चल्ने सहमति भएको युद्धविराम सम्झौताको करिब दुई हजार प्यालेस्टाइनी कैदी र बन्दीको बदलामा कुल  ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने उल्लेख छ । 

हालैका हप्ताहरूमा बन्धक बनाइएका मध्ये पाँचजना थाइल्याण्डका नागरिकसहित १६ जनालाई रिहा गरिसकिएको छ भने अन्य तीन जनालाई यसै शनिबार हमासले रिहा गर्ने तयारी गरेको छ ।  



  • प्रकाशित मिति : १ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया