अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन् ।
‘उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ । उहाँहरूलाई चाहिएको छ । र हामीसँग त्यो छ,’ वासिङ्टनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने ।
मोदीले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे ।
ट्रम्पले आफ्ना व्यापार साझेदारले पारस्परिकरूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो ।
अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जवाफी उपाय ट्रम्पले अघि सारेका छन् । –बीबीसी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।