उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटनामा परेको छ। बोलेरो जीप र बस ठोक्किँदा १० जनाको मृत्यु भएको हो । दुर्घटनामा १९ जना भक्तजन घाइते छन् ।
दुर्घटना शनिबार बिहान २ बजे प्रयागराज-मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न जाँदै थिए। यसै क्रममा दुर्घटना भएको हो ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ।
मृत्यु हुने सबै भक्तजनहरू बोलेरो जीपमा सवार भएका हुन्। प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ। घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरिएको छ।
बसमा यात्रा गर्ने भक्तजनहरू मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।