अष्ट्रेलिया निर्वाचन
अष्ट्रेलियामा सत्तारुढ दलकै गठबन्धन विजयी

अष्ट्रेलिया– अष्ट्रेलियामा शनिबार भएको संघीय निर्वाचनाम सत्तारुढ लिबरल पार्टीको गठबन्धन नै जितेको छ । योसँगै त्यहाँको विपक्षी पार्टीले हार स्वीकार गरेको छ । विपक्षी दलका नेता बिल सर्टेनले पराजय स्वीकार गर्दै आफूले दलको नेतृत्वबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । 

तर, लिबरलाई सरकार बनाउन आवश्यक बहुमत मिल्छ कि मिल्दैन भन्ने अहिलेसम्म एकिन भएको छैन । एक्जिट पोलहरुका अनुसार ६ वर्षयता लिबरल अत्यन्त झिनो मतका साथ अगाडि छ । 

शनिबार साँझसम्म गनिएको ७० प्रतिशत मतमा लिबरलको गठबन्धनले ७४ सिटमा जित्ने देखिएको छ । त्यस्तै, लेबर पार्टीले ६५ सिटमा जित्ने देखिएको छ । अष्ट्रेलिया सरकार बनाउन आवश्यक बहुमत ल्याउन ७६ सिटमा जित्नु पर्ने हुन्छ । 

यो जितसँगै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘मैले सधैं आश्चर्यहरुमा विश्वास गरेँ, यो नै विश्वमा बस्नका लागि सबैभन्दा उपयुक्त देश हो ।’ 

शनिबार मतदान गरेपछि अष्ट्रेलियाली प्रधानमन्त्री स्कट माेरिसन ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार २०:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया