७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

तेल र ग्यासको उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद् स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल र ग्यास उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिक मामिलामन्त्री डग बर्गमले गर्ने छन् ।

ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बर्गमले भने, ‘ट्रम्पले शुक्रबार एक लाइसेन्समा हस्ताक्षर गर्नुभएको छ जसले अमेरिकी राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्न अनुमति दिनेछ।’



नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड (२.५७ मिलियन वर्ग किलोमिटर) अपतटीय संघीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ ।

राष्ट्रपति ट्रम्पले भने, ‘यदि तपाईं यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईं नेट वर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्। हामी यसलाई फिर्ता गर्दैछौँ।’





  • प्रकाशित मिति : ३ फागुन, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया