गाजापट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।
इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पुर्याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । साथै, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूलाई इजरायललाई पुलिस बलहरूमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेको छ ।
१९ जनवरीमा लागू भएको हमाससँगको युद्धविरामको बाबजुद इजरायलले गाजामा धेरै हवाई आक्रमण गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।