२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेप्से परिसूचक २९.८७ अंकले बढ्यो,  १० अर्ब ४ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २९.८७ अंक बढेर २७२७.९१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२८ अंक बढेको छ । फ्लोट इण्डेक्स २.३५ अंक बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंकले बढेको छ ।


नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ९ अर्ब ४७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख २ हजार ८६१ पटकको कारोबारमा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँबराबरको १ करोड ८० लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।



आजको कारोबारमा बैंकिङ दुई दशमलव १६, होटल तथा पर्यटन दुई दशमलव २९, लघुवित्त दुई दशमलव ४५ र अन्य समूह दुई दशमलव ४७ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक शून्य दशमलव ३३, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, म्युचुअल फन्ड शून्य दशमलव ५२ र निर्जीवन बिमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । तीन वटा समूहको उपसूचक भने घटेको छ । वित्त समूह शून्य दशमलव ८४, जलविद्युत् शून्य दशमलव १५ र व्यापार समूह एक दशमलव २७ प्रतिशतले घटेको छ ।

छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।



कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख तीन सय ४९ कित्ता शेयर किनबेच भएको छ । 



  • प्रकाशित मिति : ५ फागुन, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया