३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते
दुर्घटनाग्रस्त बस/तस्बिर इप्रका तुलसीपुर।

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस मङ्गलबार राति बबई गाउँपालिका-२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।



घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

गाडीमा ६० भन्दा बढी यात्रु थिए । गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।





  • प्रकाशित मिति : ७ फागुन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया