समुद्रमा विमान खस्दा पाँचकाे मृत्यु

होन्डुरस –मध्य अमेरिकी राज्य होन्डुरसकाे एक द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ। चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचकाे मृत्यु भएकाे द गार्जियनले उल्लेख गरेकाे छ । 

दुर्घटनामा परी ब्रैडली पाेष्ट,बेली साेनी, टमी डब्लर र पाइलट पैट्रिक फाेर्सेथकाे ज्यान गएकाे हाे।

बिदा मनाउने क्रममा घुम्न निस्केका उनीहरुकाे प्राइभेट विमान उडान भरेकाे केही समयमै समुद्रमा खसेकाे हाे ।  

त्यस्तै विमान दुर्घटनामा परी घाइते भएका क्यनेडियन पाइलट एन्टाेनी डब्लरकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ। के कारणले दुर्घटना भयाे भन्ने बारे अनुसन्धान भइरहेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले  जनाएका छन्।





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १२:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया