१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

युक्रेनबारे नयाँ वार्ताका लागि इयूका अधिकारीसँग छलफल गर्दै राष्ट्रपति म्याक्रोँ

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले रुसको ‘अस्तित्वको खतरा’ बारे युरोपेली प्रतिक्रियाको समन्वय गर्न युक्रेनबारे बुधबार नयाँ बैठक आयोजना गर्ने तयारी गरेका छन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनविरुद्धको रुसको तीन बर्से युद्धपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीति पुनः सुरु गर्न तयार रहेको प्रतिक्रिया दिएसँगै यसले इयूका अधिकारीहरूलाई चकित पारेको छ । 



सोमबार म्याक्रोँले रुसमा वासिङ्टनको आश्चर्यजनक नीति परिवर्तनको समन्वयात्मक प्रतिक्रियाबारे  छलफल गर्न प्रमुख युरोपेली नेताहरूका साथै नेटो र ईयू प्रमुखहरूलाई आकस्मिक वार्ताका लागि बोलाएका थिए ।

रोमानिया र चेक रिपब्लिकलगायतका केही साना युरोपेली देश युक्रेनको बलियो समर्थक हुँदाहुँदै पनि निमन्त्रणा नपाएकोमा आश्चर्यचकित भएका थिए । म्याक्रोँले बुधबार नयाँ बैठक बोलाउने र उनीहरूलाई पनि छलफलमा सहभागी गराउने बताएका थिए । 



मङ्गलबार फ्रान्सका क्षेत्रीय पत्रिकालाई दिएको अन्तर्वार्तामा उहाँले आफूले ‘धेरै युरोपेली र गैर–युरोपेली राष्ट्रहरुसँग’ भेटघाट गर्ने योजना बनाएको बताएका छन् ।

बुधबार अपरान्ह हुने भनिएको वार्तामा अधिकांश सहभागीले भिडियो लिङ्कमार्फत भाग लिने एलिसी (फ्रान्सको राष्ट्रपतिको कार्यालय) ले जनाएको छ ।

म्याक्रोँले भने, ‘रुस युरोपेलीहरूको अस्तित्वको लागि खतरा हो ।’ रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता फ्रान्स युक्रेनको प्रमुख पश्चिमी समर्थकमध्ये एक रहँदै आएको छ ।

अन्तर्वार्तामा म्याक्रोँले युक्रेनमा सेना पठाउने विचारको लागि खुला रूपमा देखा पर्नुभएको थियो तर यो केवल सबैभन्दा सीमित फैशनमा र द्वन्द्व क्षेत्रहरूबाट टाढा हुन सक्छ भन्ने कुरामा जोड दिए ।  



  • प्रकाशित मिति : ७ फागुन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया