ट्रम्पविरुद्ध महाअभियाेग लगाउन अमेरिकी सांसदकाे माग

वाशिंग्टन– अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पविरुद्ध आफ्नै पार्टी (रिपब्लिकन) भित्रैबाट विरोधका स्वर उठ्न थालेका छन् । हालै रिपब्लिकन सांसद जस्टिन अमासले ट्रम्पले जे गरिररहेका छन्, त्यसविरुद्ध महाभियाेग लगाउन आवश्यक रहेकाे बताएका छन् । 

मिसिगनबाट सांसद अमासले महान्याधिवक्ता विलियम बारलाई पनि म्युलर मुद्दामा जानी जानी अरुलाई झुक्याएकाे आराेप लगाएका छन् । विशेष वकिल राेबर्ट म्युलरले अमेरिकी चुनावमा रुसी साँठगाँठ बारे अनुसन्धानात्मक रिपार्ट पेश गरेका थिए । 

अमास अल्ट्रा-कन्जरभेटिव फ्रिडम काकसका सदस्य हुन् । उनले क‌ंग्रेसका केही सदस्यहरुले पनि म्युलर रिपाेर्ट कानुनअनुसार नभएकाे बताएकाे भन्दै ट्विवट गरेका थिए । 

मिसिगनबाट डेमाेक्रेट सांसद रसिदा तलेबले अमासकाे भनाइमा सहमत हुँदै महाभियाेग रेजाेल्युसनमा सहभागी हुने बताएकी छन् । 

केही डेमाेक्रेट्सले राष्ट्रपतिले कतिपय अवस्थामा न्याय प्रक्रियामा बाधा पुर्याएकाे तर्क गरेका छन् । २०२० का लागि प्रेजिडेन्सियल क्यान्डिडेट सिनेटर एलिजाबेथ वारेनले पनि ट्रम्पमाथि महाभियाेग लगाउने माग गरेकी थिइन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १३:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया