२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता

नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता नियुक्त हुने भएकी छन् । बुधबार दिउँसो बसेको भारतीय जनता पार्टी (भाजपा) को दिल्ली विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।    


नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  



गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए । गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । 

उनी यसअघि दिल्ली नगर निगमको मेयरसमेत भइसकेकी छन् । नयाँदिल्लीको सत्तामा भाजपा २७ वर्षपछि फर्किएको हो । दिल्ली विधानसभा चुनावमा भाजपा कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको हो ।    





  • प्रकाशित मिति : ७ फागुन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया