प्रधानमन्त्री ओलीको इन्ट्रेस्टमा नेकपा बैठक स्थगित

काठमाडौं– आइतबारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको इन्ट्रेस्टमा स्थगित भएको छ । बैठक ११ बजेका लागि तय गरिएको थियो । 

पोलिटब्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने उद्देश्यले राखिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । शुक्रबारको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो ।  

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गराएको स्रोतले बताएको छ । पोलिटब्युरोका लागि  दुवै पक्षले नामावली टुंगो लगाउन सकेका थिएनन् ।

कार्यविभाजनमा सचिवालयकै नेताबीच सहमति हुन सकेको छैन । शीर्ष नेताहरुबीचमा कसले कुन विभागको नेतृत्व गर्ने भन्नेबारे विवाद भएपछि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १४:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया