फ्युजमसिन तथा एआइडीको आयोजनामा इन्टेलिजेन्स (एआई) एक्सपो आयोजना हुँदै

काठमाडौं– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युजमेसिन तथा अनुसन्धान र विकास संगठन ( आर्टिफिसियल इन्टेलिजेन्स फर  डेभेलपमेन्ट (एआइडी)को आयोजनामा नेपालकै पहिलो र ठूलो एआई एक्सपो आयोजना हुने भएको छ  । एक्स्पो २०७६ अगस्ट २४ तारिख (भदौ ७ गते) सोल्टी क्राउन  प्लाजामा हुनेछ ।  

यो एआई एक्स्पोको मुख्य उद्देश्य सूचना तथा प्रविधिमा भइरहेका नवीनतम गतिविधिलाई एउटै छानामुनिबाट प्रदान गर्नुका साथै विद्यार्थी, पेसेवरहरू तथा अन्य इच्छुकलाई निःशुल्क प्रशिक्षण, अपलाइड एआईमा ह्यान्ड्स अन अनुभव प्रदान गरी गुणस्तरिय आइटी प्रोडक्टको सिर्जना गराउनु रहेको आयोजकको भनाइ छ । 

फ्युजमसिनका सिइओ एवं कोलम्बियाका प्रोफेसर समीर मास्के भन्छन्, ‘एआई एक्सपोजस्ता कार्यक्रमले निश्चित रूपमा  सहभागीहरूलाई एक–आपसमा हुने सञ्जाल र सहकार्यबाट एआई बुझ्न प्रोत्साहित गर्नेछ र एआई प्रोटोटाइपहरू निर्माण गर्न सहयोग गर्दछ।’

नेपालको नै पहिलो र ठूलो  एआई एक्सपोको महत्त्वको थप उनले भने, ‘सहभागीले एआई र त्यसको समकालीन प्रगति र उपयोगकाबारे केवल शिक्षा मात्र नपाएर प्रदर्शनीको दौरान केही व्यावहारिक प्रोटोटाइपहरू निर्माण गर्न समान सहयोगी साथी, विद्यार्थी, एआई विशेषज्ञहरू, प्रोफेसर र डोमेन विशेषज्ञहरूसँग सहयोग पनि पाउनेछन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १५:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया