समाजवादी पार्टीको कार्यालय साविकको फोरम कार्यालयमा, नाम पनि परिवर्तन हुने

काठमाडौं– नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालको कार्यालय तत्कालीन संघीय समाजवादी फोरमको साविकको बालकुमारीस्थित कार्यालयमा नै रहने भएको छ ।

समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच यसबारे सहमति भएको छ ।  

नवगठित पार्टीको केन्द्रीय कार्यालयको मर्मत सम्भारसँगै रङरोगन र अध्यक्षद्वयलगायत पदाधिकारीको कार्यकक्ष तयार गर्ने काम भइरहेको एक नेताले बताए ।

नवगठित पार्टीले राखेको नाममा यसअघि नै अर्को पार्टी दर्ता भएको निर्वाचन आयोगमा फेला परेपछि नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा पनि छलफल चलिरहेको ती नेताले बताए । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १६:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया