भोलोदिमर जेलेन्स्की र डोनाल्ड ट्रम्पबीचको नाटकीय विवादका बाबजुद किएभ र वासिङ्टन युक्रेनका खनिज भण्डारहरूमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच हस्तान्तरण गर्ने सम्झौताको वार्तामा संलग्न रहेको किएभमा एक स्रोतले शुक्रबार बताएको छ ।
वासिङ्टनमा आक्रोश व्यक्त गर्दै किएभले युक्रेनको प्राकृतिक स्रोतका लागि सम्झौता गर्ने ट्रम्पको टोलीको पहिलो प्रयासलाई अस्वीकार गरेको थियो । किएभले उक्त प्रस्तावमा किएभका लागि सुरक्षा ग्यारेन्टी समावेश नभएको बताएको थियो ।
त्यसबेलादेखि ट्रम्प र जेलेन्स्कीबीच कटु सार्वजनिक झगडा सुरु भएको छ । क्रेमलिनको गलत कथाहरूको पुनरावृत्तिमा निराश हुँदै जेलेन्स्कीले ट्रम्प रुसी ‘गलत सूचना’ को अधीनमा परेको बताएका थिए ।
तनावका बाबजुद सम्भावित स्रोत सम्झौतामा वार्ता शुक्रबार चलिरहेको यस विषयमा जानकारी भएका एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् । ‘मस्यौदाको निरन्तर आदानप्रदान भइरहेको छ, हामीले हिजो अर्को पठाएका थियौँ,’ युक्रेन अब अमेरिकी प्रतिक्रियाको प्रतीक्षामा रहेको स्रोतले भन्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।