के तपाईंले आफ्नो कपाल देखेर दिक्क मान्नु भएको छ ? कपाललाई ‘केराटिन प्रोटीन ट्रीटमेन्ट’ गर्ने सोचमा हुनुहुन्छ ? केराटिन गर्नुभन्दा पहिले त्यसको फाइदा र बेफाइदाबारे जान्नुहोस् ।
केराटिन गर्नुभन्दा पहिले बुझ्नुपर्ने कुरा
तपाईंसँग भएको फ्रीजी वा कर्ली कपाल लिएर पार्लर वा सैलुन जाँदा त्यहाँका ब्युटिसियनले तपाईंलाई कपालमा ‘केराटिन ट्रीटमेन्ट’ गराउने सल्लाह दिन्छन् होला ।
अल्झिने र फ्रीजी कपाललाई सरल बनाउनका लागि सबैले सुनेको कपाल स्ट्रेट गर्ने विधिमध्येको एक विधि हो केराटिन ट्रीटमेन्टस ।
यदी तपाईंले यस्तो ट्रीटमेन्ट कहिल्यै गराउनु भएको छैन र गराउने सोचमा हुनुहुन्छ भने यसबाट हुने फाइदा र वेफाइदाबारे थाहा पाउन राम्रो हुन्छ ।
के हो केराटिन प्रोटिन ट्रीटमेन्ट ?
केराटिन हाम्रो कपालमा भएको एक प्राकृतिक प्रोटिन हो । यही तत्वका कारण हाम्रो कपालमा चमक देखिन्छ । तर दैनिक घाम, प्रदुषण र केमिकलसँगको सम्पर्कले कपालमा चमक आउनुको सट्टा भएको प्रोटिन पनि कम हुन थाल्छ र हाम्रो कपाल ड्राई वा ड्यामेज हुन जान्छ ।
यसरी कपालको प्राकृतिक प्रोटिनलाई पुनः रिस्टोर गर्ने ट्रीटमेन्टलाई नै ‘केराटिन प्रोटिन ट्रीटमेन्ट’ भनिन्छ । यो ट्रीटमेन्ट मार्फत् कपालमा आर्टिफिसियल केराटिन हालिन्छ ता कि कपाल ‘स्मूथ र साइनी’ देखियोस् । आजभोलि यो ट्रीटमेन्ट फेमस हुँदै गइरहेको छ ।
केराटिनका फाइदा
– कपाल अल्झिने समस्या कम हुन्छ र कपाल सजिलै चाहेजस्तो कोर्न सकिन्छ ।
– कपालमा चम्किलो र राम्रो देखिन्छ ।
– कपाल स्ट्रेट हुन्छ जसले गर्दा कपाल फरक फरक स्टाइल बनाउन सजिलो हुन्छ ।
– घामको हानीकारक किरण र वातावरण प्रदूषणमा पनि कपालमा खासै असर पर्दैन ।
– कपाल ड्यामेज कम हुन्छ र टुट्ने, झर्ने समस्या पनि कम हुन्छ ।
केराटिनको बेफाइदा
– केराटिन प्रोटीन ट्रीटमेन्ट गराएपछि यसले निर्धारण गरेका स्याम्पू, कंडिस्नर वा हेयर प्रोडक्ट मात्र प्रयोग गर्नुपर्छ । जुन मन लाग्यो त्यो प्रयोग गर्न पाइदैन ।
– केराटिन गराएपछि कपाल एकदमै स्ट्रेट देखिन्छ र कपालबाट वाँल्यूम र बाउस हराउँछ ।
– यस्तो कपाल एकदमै चाँडै आँइली र ग्रीजी हुन्छन् ।
– केराटिन गराइसकेपछि केही दिनसम्म कपाललाई धुन पनि मिल्दैन ।
– यो ट्रीटमेन्ट गराउन खर्च बढी हुन्छ । तर यसको असर कम्तिमा पनि ३ देखि ५ महिनासम्म रहन्छ ।
– केराटिन ट्रीटमेन्ट गर्दा एउटा यस्तो केमिकलको प्रयोग गरिन्छ जसको कारणले रिंगटा लाग्न सक्छ र छाला र आँखामा यसले चिलाउने वा पोल्ने
गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।