नेकपाका केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड सूची’ मा

काठमाडौं–  सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन्। २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले दोलखा गौरीशंकर गाँउपालिका-१ का गंगा कार्की (विश्व)लाई प्रक्राउ पुर्जी जारी गरेको हाे । 

कार्कीसँगै दोलखा नेकपाका नेता शंकर लामालाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यी दुवैलाई ‘खरखजना चाेरी’ मुद्दामा पक्राउ पुर्जी जारी गरेकाे हाे । 

प्रहरीले वारेन्ट पुर्जी जारी गरिएका कार्की र लामा दुवैको सम्पत्ति रोक्का  गरेको छ।

२०५२ माघ २ गते ‘जनयुद्द’ सुरु हुने समयमा पार्टी नीतिअनुसार नै कब्जामा लिएकाे विस्फाेटक पदार्थलाई आधार बनाएर प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे जानकारी दिएकाे छ । 

त्यतिबेला तत्कालीन माओवादीले दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन कब्जामा लियाे र साेही साल फागुन १ गते देशका विभिन्न स्थानमा विस्फाेट गराएर जनयुद्दकाे घाेषणा गरेकाे थियाे । 

उक्त विस्फोटक पदार्थ चोरी गरेको आराेपमा प्रहरीले ०५३ जेठमै माओवादी नेता पूर्णबहादुर खड्का र हेमबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरुसहित रितबहादुर खड्का (युद्धकै क्रममा मारिएका माओवादी केन्द्रीय सदस्य), गंगा कार्की (विश्व) र शंकर लामालाई प्रहरीले मुद्दा चलाएको थियो।



प्रक्राउ परेका दुई जनाले दोलखा जिल्ला अदालतको आदेशमा १० वर्षको कैद भुक्तान गरेका थिए । अहिले त्यही आधारमा कार्की र लामालाई फैसला कार्यान्वयनको नाममा प्रहरीले वारेन्ट पुर्जी जारी गरेको हो।



  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार ८:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया