२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

‘पोप फ्रान्सिसको स्वास्थ्यअवस्था जटिल छ’

क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उनको कार्यालयले जनाएको छ ।  


गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले पोपको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन शनिबार राति जारी विज्ञप्तिमा भनिएको छ । 



‘शनिबार राति पोपले शान्तिपूर्वक आराम गर्नुभएको’ होली सीले आइतबार बिहान दिएको संक्षिप्त अपडेटमा उल्लेख छ । 

सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।



भ्याटिकनले शनिबार साँझ नियमित मेडिकल बुलेटिनजारी गर्दै भनेको छ, ‘होली फादरको अवस्था गम्भीर रहेको छ, त्यसैले उहाँ अझै ‘खतरामुक्त’ हुनुहुन्न ।’ 

भ्याटिकनले फ्रान्सिस अझै पनि सतर्क रहेको र अघिल्लो दिनको तुलनामा बढी दुःख भोगेको भए तापनि कुर्सीमा दिन बिताएको बताएको छ । 



  • प्रकाशित मिति : ११ फागुन, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया