गाेली हानेर प्रहरीले टाेखाबाट एक युवक पक्राउ गर्याे

 काठमाडाैं– प्रहरीले गाेली हानेर एक व्यक्तिलाई टाेखाबाट नियन्त्रणमा लिएकाे छ । प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई आज बिहान गाेली हानेर प्रहरीले पक्राउ गरेकाे हाे । 

नियन्त्रणमा लिन खाेज्दा प्रहरीमाथि नै आक्रमणकाे प्रयास गरेपछि गाेली चलाएकाे महानगरिय प्रहरी अपराध महाशाखाले जानकारी दिएकाे छ । प्रहरीका अनुसार तामाङकाे दायाँ खुट्टामा गोली लागेकाे र घाइतेको बीर अस्पतालमा भइरहेको छ ।

 एसएसपी सहकुल थापाले बताएअनुसार सिन्धुपाल्चाेकका तामाङलाई ६ वटा डकैतिकाे घटनामा प्रहरीले खाेजी गरिरहेकाे थियाे । 

डकैति मुद्दामा जेलबाट निस्केपनि उनी अपराधमै संलग्न भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । 

 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार ९:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया