बन्दुकधारीले बारमा अन्धाधुन्ध गाेली चलाउँदा ११ काे मृत्यु

रियाे द जेनेरियाे –  ब्राजिलकाे एक बारमा आइतबार बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा ११ जनाकाे मृत्यु भएकाे छ । एक जना गम्भीर घाइते भएका छन् । घटना दिउँसाे ३:३० मा पारा राज्यकाे राजधानी बेलेममा भएकाे थियाे । प्रहरीले एक आक्रमणकारीलाई पक्राउ गरेकाे छ । 

प्रहरीका अनुसार आक्रमणकारी ७ जना थिए, उनीहरु कार र माेटरसाइकलबाट बार पुगेका थिए । ६ जना गाेलीबारीकाे क्रममा फरार भएका छन् । प्रहरीले पक्राउ गरेका ती व्यक्तिसँग साेधपुछ गरिरहेकाे जनाएकाे छ । 

पाराका प्रवक्ता नतालिया मेलाेले अहिलेसम्म आक्रमणकाे कारण पत्ता नलागेकाे बताएका छन्, तर ‘राज्यमा याे नरसंहार जस्तै हाे’ उनी भन्छन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १०:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया