लिवियामा फसेका १५ नेपालीकाे उद्धार

काठमाडौं– रोजगारीको प्रलाेभनमा अवैध रुपमा लिविया पुगेका १५ नेपालीकाे उद्धार गरिएकाे छ । जबरजस्ती काममा लगाएकाे र पासपाेर्ट पनि नदिएर लिवियामै फसेका ति नेपालीलाई ट्रिपोलीबाट उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको जनाइएकाे छ । 

उद्धार गरिएकाहरूमा प्रकाश विश्वकर्मा, भुवन आचार्य, पूर्णबहादुर गुरुङ, अमृत गुरुङ, सनम विश्वकर्मा, कृष्ण कोइराला, राजु विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, गुप्तबहादुर बिक,मनोहर कार्की, राजु विष्ट, जयराम धामी, गणेश थापा मगर, अजयकुमार चौधरी र शेखर खरेल रहेकाे कायरोस्थित नेपाली दूतावासले जानकारी दिएकाे छ । 

दूतावासका अनुसार आइओएमले नै नेपाल फर्काउने भएकाे छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १०:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया