काठमाडौँ– राष्ट्रिय जनता पार्टी ‘राजपा’ ले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन्।
उनले भनिन्, ‘लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ मानेन्, यसतर्फ सभामुखको ध्यानाकर्षण होस् ।’
सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए। सभामुख कृष्णबहादुर महराले सांसदहरूले उठाएका विषयमा सरकारको पर्याप्त ध्यान गएको र कारणसहित सरकारले उचित जवाफ दिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।