सार्वजनिक यातायातमा हुने महिला हिंसा राेक्न प्रहरीकाे विशेष टाेली परिचालन गरिने

काठमाडाैं– सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले विशेष टोली परिचालन गर्ने भएको छ।

गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो।

काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रले आज आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सार्वजनिक सवारीकाे बढी चाप हुने सडकमा थप प्रहरी परिचालन गर्ने जानकारी दिए ।

पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उनले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिए। रासस





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १४:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया