महालेखा परीक्षककाे वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं –'महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन, २०७५'  प्रतिनिधिसभा बैठकमा पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सोमबार सो प्रतिवेदन उक्त बैठकमा पेश गरेका हुन् ।

त्यस्तै मन्त्री ढकालले  'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन' र 'नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन' पनि प्रतिनिधिसभामा पेश गरेका छन् । 

याेसँगै बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष ०७६/७७ काे पूर्व बजेट छलफल कार्यक्रमसम्बन्धी प्रतिवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्राेत समितिकाे वार्षिक प्रतिवेदन ०७५/७६ पेश गरेका छन् । 

 

 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १४:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया