प्रधानमन्त्रीद्वारा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबरको शुभारम्भ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शुभारम्भ गरेका छन् । सोमबार धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शुभारम्भ गरेका हुन् । 

योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरूलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।

नेपाल टेलिकमले पाचँथरको चिवा भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको हो । टेलिकमको योजनाअनुसार मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर  र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइने भएको छ ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ असोजमा अप्टिकल फाइबर बिच्छ्याउन सम्झौता भएको थियो । पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउनका लागि टेलिकम र प्राधिकरणबीच सम्झौता भएको थियो ।





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १४:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया